पोखरा, जेठ २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस संक्रमण विरुद्धको लडाईमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । लमजुङ अस्पतालमा अक्सिजन प्लान्टको आइतबार भर्चुअलबाट उद्घाटन गदै उहाँले कोरोना विरुद्ध हामी सवै जुटेका छौ । सबै नमिलि यसर्लाइ परास्त गर्न सक्दैनौ भन्नुभयो,‘विचार भुगोल सबै सिमाहरुलाई तोडेर एकताबद्ध रुपमा महामारीका विरुद्ध लडनुर्छ ।यो हामी सबैको सत्रु हो ।’

उहाँले कोरोना विरुद्धको अभियानमा संघ, प्रदेश र स्थानीय सरकार एकिकृत भएका छौ भन्नुभएको छ । उहाँले प्रदेशले आफना जिल्ला अस्पतालहरुको सुदृढुकरणको अभियान गत वर्षदेखि नै सुरु गरेको बताउदै गण्डकी प्रदेशको सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना सहित काम सुरु गरेका हौ उहाँले भन्नुभयो,‘तर विविध कारणले मनाङ, नवलपुरमा ढिला भाथ्यो भने मनाङमा विशेष परिस्थितिले सबै सामान आएरपनि जडान हुन सकेको छैन् ।अरु सबै जिल्ला अस्पतालमा प्लान्ट जडान भएको छ ।’
उहाँले गण्डकीका सबै जिल्ला अस्पतालमा डायलसिस सेवा सुरु भएको तर लमजुङ र नवलपुरमा डायलोसिस सेवा यसबाट सुरु गर्ने तयारी भैरहेको बताउनुभयो । उहाँले भुगोलका हिसावले धौलागिरीको बाग्लुङ, नवलपुर जिल्लाको मध्यपुर जिल्ला अस्पतालमा पिसिआर मेशिन जडान गरेका छौ र त्यसको क्षमता बृद्धि यस वर्षबाट गरेका छौ उहाँले भन्नुभयो, थप भुगोलका हिसावले लमजुङले गोरखा र मनाङलाई समावेश गर्नसक्ने भएकाले जिल्ला अस्पतालमा पिसिआर मेशिन सञ्चालन गर्ने छौ ।
उहाँले भौतिक पूर्वाधार, उपकरण, जनशक्ति र औषधीका कारणले जिल्ला अस्पतालले सेवा प्रवाह गदै उत्कृष्ट बन्ने छ भन्नुभयो । गण्डकी प्रदेश अक्सिजन प्राप्त गर्ने र पयाप्त र बेडको हिसावले अगाडी रहेको बताउदै उहाँले भन्नुभयो, ‘दुःखका साथ भन्नुपर्छ मृत्यु दर बढि छ । तर गण्डकीमा बाहिर प्रदेशबाट सिकिस्त भएपछि बेड र अक्सिजन अभाव हुदैन भन्ने अवस्थाले यहाँ आउने गरेका छन् ।’ उहाँले धेरै सिकिस्त भएपछि गरिने उपचारमा अरु प्रदेश भन्दा हामी कमजोरै रहे छौ । यसलाई स्वीकार गर्नुपर्छ भन्नुभयो ।