गण्डकीमा १४ जनाको मृत्यु, ५१३ थपिए, ७४४ संक्रमणमुक्त

पोखरा, जेठ २३ गते । गण्डकी प्रदेशमा आइतबार १४ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित १४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

मृत्यु भएका मध्य कास्कीका ७ जना, नवलपरासीका २ जना, स्याजाका २ जना, तनहुँ २ जना पर्वतका १ जना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा अहिलेसम्म ७४८ जनाको मृत्यु भएको छ ।

गण्डकीमा आइतबार ५१३ नयाँ संक्रमित थपिएका छन भने ७४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा १६८६ जनाको स्वाब परीक्षण गरिएको थियो भने ११७३ को नेगेटिभ आएको थियो । यता गण्डकीमा एक सातामा १०१ जनाको मृत्यु भएको छ ।४८१८ जना संक्रमित भएका छन भने ६२८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...