काठमाडौं, जेठ २६ गते । अमेरिकाले नेपाललाई खोप उपलव्ध गराउने विवरण केही दिनमा सार्वजनिक गर्ने भएको छ ।
अमेरिका मेरिल्याण्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारीले कार्डेनको कार्यालयले आज औपचारिक रुपमा दिएको जानकारी अनुसार नेपालले प्राप्त गर्ने खोप सम्वन्धि विस्तृत विवरण केही दिनमा नै आउने जानकारी दिनु भएको हो ।
उहाँले आफनो आधिकारीक सामाजिक सञ्जाल फेसबुक मार्फत भन्नु भएको छ नेपाल लक्षित भएर अमेरिकी सरकार, वाईडेन प्रशासनसम्म पहुँच स्थापित गर्नको लागि संघीय सरकारका सिनटेरहरु क्रिश भ्यान होलान र वेड कार्डेन क्रिस मर्फे लगायतका निर्वाचित जनप्रतिनिधीहरुको अतुलनीय योगदान रहेको छ ।
विधान सभा सदस्य भण्डारीले सिनेटर वेन कार्डेनले गर्नु भएको सहयोगको लागि उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु भन्नु भएको छ ।