गोरखा सेमिट्री ट्रष्टद्धारा पश्चिमाञ्चल अस्पताललार्ई ५ वटा भेन्टिलेटर प्रदान

पोखरा,जेठ २८ गते । गोरखा सेमिट्री ट्रष्ट काठमाडौंले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्री अस्पताल)लाई भेन्टिलेर प्रदान गरेको छ । हङहङमा रहेका नेपालीहरुबाट संकलित रकमबाट खरिद गरिएका पाँच वटा पोर्टेबल भेन्टिलेटर प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङको समन्वयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन श्रीकृष्ण श्रेष्ठलाई पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, ट्रष्टका अध्यक्ष महेन्द्र राईले संयूक्त रुपमा हस्तान्तरण गर्नुभयो ।


भेन्टिलेटर हस्तान्तरणपछि बोल्दै पोखरा महानगरका प्रमुख जिसीले महामारीको समयमा भेन्टिलटेर उपलब्ध गराएर महत्वपूर्ण सहयोग गरेको बताउदै सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो ।करिव पाँच लाख मुल्य बराबरका भेन्टिलेटर हस्तान्तरण गरिएको हो । गोरखा सेमिट्री ट्रष्ट हङकङको पहलमा ५० थान भेन्टिलेटरहरु खरिद गरिएको र स्वास्थ्य विभागको स्वीकृतिमा कोरोना संक्रमण दर बढि भएका जिल्लामा भेन्टिलेटर प्रदान गरिएको संस्थाका सचिव शान्तामाया परियाले जानकारी दिनुभयो । उहाँका अनुसार दाङ र सोलुम्वु लगायतका अस्पतालमा भेन्टिलेटर हस्तान्तरण गरिने छ । हङकङमा रहेका नेपालीबाट दुई दिनमा ५० लाख रुपैयाँ संकलन गरेर चीनबाट भेन्टिलेर खरिद गरिएको अध्यक्ष राईले बताउनुभयो ।

ट्रष्टका हङकङ अध्यक्ष रत्न खिमदुङ, सचिव अमोद राई, कोषाध्यक्ष देवराज राई, सामाजिक अभियान्ताद्वय यूकेश राई, सञ्जय राई लगायत विश्व भरी रहेका नेपाली र विदेशीहरुको सहयोगमा भेन्टिलेटर खदिर गरिएको अध्यक्ष राईले बताउनुभयो ।डिजिटल प्रविधीमा रहेको भेन्टिलेटरले एक पटकमा चार देखि पाँच जना सम्मले प्रयोग गर्न मिल्ने बताइएको छ । सो अवसरमा वोल्दै संस्थाका महासचिव भोजानन्द राईले ट्रष्टको स्थापना र यसले गर्ने कार्यका बारेमा जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...