काठमाडौं, जेठ ३० गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ ।
निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी संचालन गर्न दिने निर्णय भएको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खोल्दै आएकोमा विहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल विहान ११ सम्म मात्र खोल्न दिइएको छ ।