बलियो प्रतिपक्षको रुपमा सरकारलाई रचनात्मक सहयोग : गुरुङ

पोखरा, जेठ ३० गते । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा बलियो प्रतिपक्षीका रुपमा नयाँ सरकारालाई रचनात्मक सहयोग गर्ने बताउनु भएको छ । सरकारी निवास छाडन् अघि आइतबार पत्रकार सम्मेलनको मार्फत उहाँले भन्नुभयो, ‘ म प्रतिपक्षीमै रहेर भएपनि रचनात्मक सहयोग र संघीयताको मजबुतीका लागि भूमिका खेल्छु ।’


उहाँले संघीयता कार्यान्वयनमा धेरै सस्या रहेको बताउदै उहाँले भन्नुभयो,‘अब बल्ल कांग्रेस नेताहरुले बुझ्ने छन र आफूलाई सत्तामा हुँदा गाली गर्नेले संघीयताका समस्यालाई कसरी हल गर्छन् त्यो समयले देखाउने छ ।’ उहाँले विपक्षी गठबन्धन लामो समय नटिक्ने दावी समेत गर्नुभयो ।

गठबन्धनलाई अप्राकृतिक भन्दै यो गठबन्धनमा पनि विवाद आउने र लामो समय नटिक्ने ठोक्कुवा गर्नुभयो । ‘पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरको मिलेका छन्, मुख्यमन्त्रीका लागि, प्रधानमन्त्रीका लागि,’ गुरुङले भने, ‘यो गठबन्धन लामो जाओस् र सरकार चलाउन् भन्ने आशा छ । तर लामो समय जाँदैन ।’

उहाँले आफूले निष्ठा नत्याग्ने बताउदै कसैको दबाबमा पनि निष्ठा छाड्ने मान्छे नरहेको बताउनुभयो । आफू सदन ५ वर्ष चलोस् भन्ने पक्षमा रहेको उबताउदै राजनीतिक निष्ठामा आफू अडिग रहेकाले विघटनको सोच आफूमा नआएको स्पष्ट पार्नुभयो । उहाँले अव पार्टीको विवाद समाधानका लागि लाग्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...