सरकारले जनताको सुविधामा ध्यान देओस, सुविधा लिने इच्छा छैन् :पूर्वमुख्यमन्त्री गुरुङ

पोखरा, जेठ ३१ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीका हैसियतमा कुनै पनि सुविधा लिने इच्छा नभएको बताएका छन् । उनका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, गण्डकी प्रदेश सरकार मन्त्रीपरिषदले गरेको निर्णय पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने कानुन बनाउने समाचारबाट धेरैमा भ्रम पर्न गएको छ ।

माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ । उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन । उहाँले त्यस्तो सुविधा लिनु हुने छैन ।

नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस भन्ने एकमात्रै चाहना माननीय पृथ्वीसुब्बा गुरुङज्यूको रहेको प्रष्ट गर्दछु । यसै पनि प्रदेश सरकारले समेत त्यस विषयको समाचारबारे प्रष्टोक्ति दिइसकेको छ । कसैमा भ्रम नहोस उनले लेखेका छन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...