गण्डकी, असार १ गते । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अपाङगता भएको परिवारलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परिवारलाई स्वदेश तथा विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग जुटेको हो ।
अपाङग सहित सात जनाको सो परिवारलाई आज स्वदेश तथा रोजगारीको शिलशिलामा विदेशमा रहनु हुने मनकारी व्यक्तिबाट ३० हजार रुपैया नगद सहयोग प्राप्त भएको छ ।रोग भन्दा भोकको चिन्ता बिषयको समाचार प्रकाशित भएपछि श्याङजा जिल्ला पुतलीबजार घर भई हाल अमेरिकामा रहनु हुने राजेन्द्र गुरुङले रु.१० हजार, शिवकुमार रानाभाट (सुन्दर) जापानबाट नौ हजार ७५५, पोखरा १७ छोरेपाटनका सन्तोष गुरुङबाट पाँच हजार २४५, नरेन गुरुङले दुई हजार मेखबहादुर थापाबाट तीन हजार सहयोग गर्नुभएको थियो ।
श्याङजा जिल्ला पुतलीवजार नगरपालिका ७ स्थित भारकोट शान्ति स्तुपा गाउँ समाजका साधारण सदस्यव्दय सन्तोष गुरुङ र मेखबहादुर थापाले सहयोगिदाताहरुबाट संकलित रकम उक्त रकम परिवारका सदस्य मनमाया थापामगरलाई हस्तान्तरण गर्नुभयो ।दैनिक ज्यालादारीको भरमा जिविकोपार्जन गर्दै आएको अपाङग सहितको सात जनाको परिवारलाई निषेधाज्ञाको कारण रोजगार गुमेपछि हात मुख जोडन समेत धौध परेको थियो । सो परिवारको पिडालाई बुझेका मनकारी मनहरुको सहयोगले खानाको राम्रो व्यवस्था भएको छ ।
अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको नजिक सेतीनदीको डिलमा आफन्तको जग्गामा जस्ताले छायको एउटा कोठामा नवोल्ने, हिडडुल समेत गर्न नसक्ने, खाना खुवाईदिनु पर्ने र शौचालय समेत बोकेर लैजानु पर्ने अवस्थाका १८ बर्षीैय अपाङग पुर्णबहादुर थापा सहितको सात जनाको परिवार वस्न बाध्य छ ।
काठमाडौंमा जन्मेर छ महिनाको हुँदा पोखरा लिएर आउनु भएका बुबा आमा समेतको निधन भई सकेकोले आफन्त र पैत्रिक सम्पत्तिकाबारेमा समेत केही जानकारी नभएको कारण अहिलेसम्म आप्mनो नाममा एक इञ्चि पनि जमिन नभएको सो परिवारका अभिभाव ५५ बर्षीय लक्षु थापामगरले रासससंग दुखेसो सुनाउनु भयो ।स्थानीय तहले जग्गा उपलव्ध गराउने हो भने उनीहरुका लागि आवश्यक घर समेत निर्माण गर्न विभिन्न संघसंस्था एवम् व्यक्तिहरुले प्रतिवद्धता जनाउने क्रम बढेको छ । तस्वीर उपलव्ध छ ।