पोखरा, असार १ गते । गण्डकी प्रदेशमा मंगलबार ४ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित ४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

मृत्यु भएका मध्य कास्कीका १ जना, बाग्लुंगका १ जना र गोरखाका २ जना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा मंगलबार ३८० नयाँ संक्रमित थपिएका छन । थपिएका मध्य कास्कीका १४६, नवपरासीका ४२, स्यांजाका ५३, बाग्लुंगका ११, तनहुँ ६५, लम्जुलंगका १२, गोरखा ३५, पर्वत ८, म्याग्दीका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ३६० जना कोरोना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा १३१३ जनाको स्वाब परीक्षण गरिएको थियो भने ९३३ जनाको नेगेटिभ आएको थियो । गण्डकीमा सक्रिय संक्रमितको संख्या ५३५२ रहेको छ । होमआइसोलेसनमा रहेकाको संख्या ४८०० रहेको छ । कोरोनाबाट गण्डकीमा अहिलेसम्म ८५४ जनाको मृत्यु भएको छ ।