कास्कीको घान्द्रुुकमा घर बगायो, प्रहरीचौकी सहित बस्ती जोखिममा

पोखरा, असार २ गते ।तीनदिन देखि परेको अविरल वर्षाका कारण बाढि, पहिरोको जोखिम बढेको छ । बाढि पहिरोले धनजनको ब्यापक क्षती पुगेको छ । असारको सुरुवातमै वर्षाले मानवीय र भौतिक क्षती पुगेको छ ।

सोमबारदेखि परेको वर्षाका कारण कास्कीका विभिन्न क्षेत्रमा भौतिक क्षती पुगेको छ । यसैवीच कास्कीको अन्नपुर्ण गाउँपालिकामा रहेको पर्यटकीय गाँउ घान्द्रुमा पहिला जाँदा घर भत्किएको छ । घान्द्रुकमा बाटो माथि रहेको प्रतिक्षा गुरुङको घर पुर्ण रुपमा क्षति भएको छ ।

अबिरल बर्षाका कारण पहिरोले घर बगाएको सुरेन्द्र गुरुङले बताएका छन् । पहिरोले अन्य दुइ घर समेत क्षतिग्रस्त भएकाछन । नजिकै रहेको प्रहरी चौकि सहित बस्ति समेत जोखिममा रहेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै तत्काल उद्दार र राहतमा जुटन स्थानिय तह र गाउँलेलाइ अनुरोध गरेका छन् ।

तस्विर साभार सुरेन्द्र गुरुङको फेसबुकबाट

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...