गण्डकीमा ७ जनाको मृत्यु, ४०८ संक्रमित थपिए 

पोखरा, असार १ गते । गण्डकी प्रदेशमा बुधबार ७ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित ७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

मृत्यु भएका मध्य कास्कीका २ जना, नवलपरासी २ जना, मुस्तांग २ जना, तनहुँ १ जना संक्रमितको मृत्यु भएको छ ।

 

गण्डकीमा बुधबार ४०८ नयाँ संक्रमित थपिएका छन । थपिएका मध्य कास्कीका १०५, नवपरासीका ६९, स्यांजाका ८, बाग्लुंगका ५६, तनहुँ ८९, लम्जुलंगका ५८, गोरखा १६, पर्वत ४, म्याग्दीका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...