पोखरा, असार २ गते ।कास्कीको मादी गाँउपालिकामा अविरल बर्षाले ६ घर परिवार विस्थापित भएका छन् । मादी गाउँपालिका ७ मा मादी खोलाको पानीको बहाब बढ्न जाँदा ६ घर परिवार बिस्थापित भएका हुन् ।
त्यस्तै मादी गाँउपालिका १ होकु स्थित कपुजे खोला र नौलो खोलाको बहाब बढ्न गई २ वटा भेडी गोठ र अन्दाजी ४०० वटा भेडा बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उक्त स्थानमा प्रहरी टोलि पुगेर उद्धार सहित जोखिम न्युनिकरण कार्य भेरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै चार वटा हाईड्रो आयोजना, भेडाको गोठ र भेडाहरु, खेतीयोग्य जग्गाहरु बगाएर क्षति पुरयाएको बताइएको छ। तत्कालका लागि राहत वितरणको लागि कास्की रेडक्रस र सम्बन्धित निकायहरुमा जानकारी गराइएको स्थानियले जनाएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारीव, सशस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाल आर्मी, गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङ, गाँउपालिका अध्यक्ष वेद बहादुर गुरुङ, मादी ६ र २ नम्बर वडाका अध्यक्ष लगायतकोे टोलीले स्थलगत निरिक्षण समेत गरेको छ ।