पोखरा, असार ३ गते । पोखरा उद्योग वाणिज्य संघले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई वधाई तथा कार्यकालको सफलताको कामना गरेको छ ।

संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा बुधबार मुख्यमन्त्री कार्यालय पुगेको प्रतिनिधिमण्डलले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरेको छ । सो क्रममा संघका अध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघ निजी क्षेत्रको छाता संस्था मात्रै नभएर विकास साझेदार पनि भएको बताउँदै समुन्नत प्रदेश निर्माणको लागि प्रदेश सरकारसँग सहकार्य गर्न तयार भएको बताए ।
प्रत्युत्तरमा मुख्यमन्त्री नेपालीले प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने जानकारी गराएका संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।