पोखरा, असार ४ गते । सत्ता र शक्तिले केही हुदैन् । काम गर्ने इच्छा शक्ति चाहिन्छ । धन मात्रै भएर पनि हुदैन मन चाहिन्छ । राजेश गुरुङ ब्यक्ति हो । जहाँ सरकार पुग्न नसकेको ठाँउमा राहत पु¥याए ।
उनले आफनै ब्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर गरेर मनाङ जिल्लाको नासाँे गाँउपालिकाको ताल भन्ने स्थानमा राहत सामाग्री पु¥याउनु भएको छ । गुरुङले त्यहाँ बाढिले ठूलो क्षती पु¥याएको खवर पाएपछि ब्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर गरेर राहत सामाग्री पु¥याउनु भएको हो । चामल, दाल, तेल, विस्कुट लगायतका खाद्यान्न सामाग्री लिएर गुरुङ बाढिग्रस्त क्षेत्रमा पुग्नुभएको हो ।
उक्त ठाँउमा असार १ गते बस्तीमा बाढि पस्यो । ६५ घर पुरै डुवानमा परे । करिव ३ सय जना विस्थापित भएका छन् । बाढिले घरमा भएको सबै अन्न तथा चौपायाँ सबै बगाएको छ । अहिले खाने केही छैन् उहाँहरुले सरकारका तर्फबाट खासै सहयोग नपाएको गुनासो गुरुङ समक्ष गर्नुभयो ।
पूर्व सांसद पोल्देन छोपाङ गुरुङले पाँच वटा पाल उपलब्ध गराएको भएपनि केन्द्र र प्रदेश सरकारकाबाट कुनै राहत नआएको मनीरासी गुरुङले बताउनुभयो । बाढिले मानवीय क्षती हुन नपाएको बताउदै भन्नुभयो,‘बाढि आउनु भन्दा पहिल्यै हामीले सबैलाई डाँडामा पु¥यायौ तर भएको सवै सामान र घर बाढिले बगायो ।’
उहाँका अनुसार लमजुङको मस्याङर्दी वडा नम्वर ४ र चामेबाट सहयोग भएको बताउनुभयो । बाढिबाट भाग्न खोज्दा घाइते भएका ६ जनालाई तत्काल उद्धार गरिदिन उहाँले आग्रह गर्नुभएको छ । अपाङ, बृद्ध र घाइतेहरु हुुनुहुन्छ उनीहरुलाई उद्धार गर्न पाए हुन्थ्यो उहाँले भन्नुभयो,‘ हिडेर जान सडक सबै अवरु छ । कसरी जाने । कोही हिडन सक्दैनन् । उद्धार गरेर बेशिसहर वा पोखरा लगे हुन्थ्यो ।’
बाढि गएको चार दिन वित्दा पनि त्यस क्षेत्रका सांसदहरु नआएको गुनासो पीडितहरुको छ । त्यहाँबाट निर्वाचित कुनैपनि सांसद चिन्ता घले, राजीव गुरुङ कोही पनि आएका छैनन् मिनरासी गुरुङले भन्नुभयो,‘हामीलाई यहाँबाट स्थानान्तरण गरेर टेन्ट हालेर बस्ने ठाँउमा पु¥याए हुन्थ्यो ।’ चार दिनदेखि ननिन्द्रा र खाना पाएका छौ उहाँले गुनासो पोख्नुभयो । ‘राती डियूटी गरेर जागा बस्नेहो । न टेन्ट छ । बस्ने ब्यवस्था पनि छैन् ।सरकारको राहत पनि पाएका छैनौ ।’
नासौँ गाउँपालिका धारापानी स्वास्थ्य चौकीका ताल मनाङका प्रमुख अहेव धनबहादुर तामाङले दैनिक सय जनालाई आफुले खाना खुवाउने गरेको बताउनुभयो । स्वास्थ्य चौकीको भवन बाढिबाट बचेको बताउदै खाद्यान्न, लत्ताकपडा र खाद्यान्नको अभाव रहेको बताउदै उहाँले तत्काल त्यसको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।