सोमबारदेखि निषेधाज्ञा खुकुलो बनाइने

पोखरा, असार ५ गते । कोरोना (कोभिड–१९( सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै देशभर निषेधाज्ञा जारी भयो । निषेधाज्ञा जारी भएको भण्डै दुई महिना पुगेको छ । दुई महिनादेखि सबै क्षेत्र ठप्प छन् । जनजीवन असहज बनेको छ । गत वर्ष पनि झण्डै ६ महिना लकडाउन भोगेका नेपालीले यस वर्षको सुरुवातमै निषेधाज्ञा घोषणाले जीवन संञ्चालनमा थप समस्या सृजना गरेको छ । नागरिकको जीवन थप असहज बन्ने अवस्था आएपछि निषेधाज्ञालाई खुकुलो बनाउने तयारीमा सरकार लागेको छ । सोमबारदेखि निषेधाज्ञा खुकुलो बनाउने योजनामा सरकारले तयारी गरेको छ ।

गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइएको छ ।कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै कतिपय जिल्लामा जारी निषेधाज्ञा क्रमशः खुकुलो पार्न थालिएको छ । तर कास्की जिल्लामा सोमबारबाट केही खुकुलो बनाउने तयारी भैरहेको छ भने काठमाडौँ उपत्यकाको हकमा भने अझै जारी निषेधाज्ञा खुकुलो बनाउन सक्ने अवस्था आई नसकेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर तथा भवन निर्माण, ढुवानी, राहत वितरण, भन्सार, आन्तरिक राजस्व, कर तथा शुल्क लगायत आवश्यक काममा सहजीकरण गर्दै आएका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक उच्च अधिकारीका अनुसार जारी निषेधाज्ञाको पालना गर्दै विकास निर्माण, ढुवानीलगायत आर्थिक गतिविधि बढाउने कार्यमा अवरोध गरिएको छैन । आर्थिक वर्ष अन्तिम महिनाको करलगायत हिसाबकिताब मिलाउनसमेत व्यापार, व्यवसायी नियमित कार्यालय जानुपर्ने भएकाले पनि स्वास्थ्य मापदण्डलाई ध्यान दिई खुकुलो गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...