पोखरा, असार ५ गते । गण्डकी प्रदेशमा शनिबार ५ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित ५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।मृत्यु भएका मध्य कास्कीका १ जना, स्यांजा १ जना, म्याग्दी १ जना, बाग्लुंग १ जना, तनहुँका १ संक्रमितको मृत्यु भएको छ । गण्डकीमा शनिबार ३४६ नयाँ संक्रमित थपिएका छन । थपिएका मध्य कास्कीका १२०, नवपरासीका ३२, स्यांजाका ४०, बाग्लुंगका २५, तनहुँ ८८, लम्जुलंगका २२, पर्वत ८, म्याग्दीका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ७९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा ११२६ जनाको स्वाब परीक्षण गरिएको थियो भने ७८० जनाको नेगेटिभ आएको थियो । गण्डकीमा सक्रिय संक्रमितको संख्या ४२०१ रहेको छ । होमआइसोलेसनमा रहेकाको संख्या ३८०० रहेको छ । कोरोनाबाट गण्डकीमा अहिलेसम्म ८८१ जनाको मृत्यु भएको छ । गण्डकीमा अहिलेसम्म ५२२९८ जना संक्रमित भएका छन भने ती मध्य ४७२१६ जनाले कोरोना पराजित गरेका छन् ।