पोखरा, असार ५ गते । गण्डकी प्रदेशमा आइतबार ८ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित ८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

मृत्यु भएका मध्य कास्कीका ५ जना र नवपरासीका ३ जना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा आइतबार ११६ नयाँ संक्रमित थपिएका छन । थपिएका मध्य कास्कीका ५, नवपरासीका २०, बाग्लुंगका १०, तनहुँ १४, लम्जुंगका ८, पर्वत ९, म्याग्दीका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
