कास्कीमा आठौँ पटक थपियो निषेधाज्ञा, अब असार १५ गते सम्म, केही खुकुलो,

खरा, असार ६ गते । कास्कीमा आठौ पटक निषेधाज्ञा थप गरिएको छ ।कास्की जिल्लामा असार ७ गते राति १२ बजेदेखि लागू हुनेगरी असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

बैशाख १५ गते पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बैशाख २१ गते, जेठ १ देखि ७ गतेम्म र जेठ १४ देखि २१ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो । छैठौ पटक जेठ २१ देखि ३१ गतेसम्म थप गरिएको थियो भने साँतौ पटक असार १ देखि ७ गतेसम्मका लागि थप गरिएको थियो । कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन् नदिन भन्दै यस अघि लागु गरेको निषेधाज्ञालाई थप निरन्तरता दिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि जेठ ७ गतेसम्म लागु गरिएको निषेधाज्ञामा पुनः समय थप गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...