पोखरा, असार ७ गते ।मनाङको नासोँ गाँउपालिकाको तालका बाढि पीडितलाई डेढ लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराइएको छ । राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा हेलिकप्टर मार्फत सोमबार राहत सामग्री पु¥याइएको हो । गुरुङले पाँच जनाको उद्धार समेत गरी पोखरा ल्याउनु भएको छ ।

तालका बाढि पीडिले अहिलेसम्म सरकारी राहत प्राप्त गर्नुसक्नुभएको छैन् । गुरुङकै पहलमा यसअघि पनि ४० हजार बराबरको राहत सामाग्री पुयाउनु भएको थियो । सोमबार खाद्यान्न,औषधि, बाढिले पुरेका घरहरुबाट माटो हटान आवश्यक सामग्रीहरु डोरी,गैंची,कोदालो,हँसिया, पाल लगायत सामानहरू उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
राहत सामग्र पु¥याएपछि त्यहाँ रहनु भएका पाँच जना बिरामीलाई उद्वार गरेर पोखरा ल्याएको बताउनुभयो । सेवा नै ठुलो धर्म हो भन्ने मान्यता स्वरुप विभिन्न ब्यत्तिहरुको आर्थिक सहयोगमा हेलिकप्टर मार्फत उद्धार गरिएको बताउनुभयो । हामीले मनाङ्मा मात्र नभएर जहाँ जहाँ उद्वारका लागि हाम्रो आवश्यक परेको हुन्छ । त्यहाँ हामी पुग्ने प्रयासमा जुट्ने छौ उहाँले भन्नुभयो,‘ विपद्को समयमा कुनै राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर सयहोग गरेका गछौ ।’
राहत सामग्रीको लागि मनकामना केवलकारका संचालक राजुबावु श्रेष्ठ,सिम्रिक एयरका एमडि रामेश्वर थापाबाट धेरै हेलिकप्टरको भाडा सहुलियत गरि हेलिकप्टरको भाडा, किष्ट हस्पिटलका एमडि आसिस थापा बाट ५० हजार, रामबजार निवासी दिपक बराल बाट ५० हजार, व्यवसायी भरत बरालबाट २५ हजार, तेज गुरूङबाट १० हजार, किसन मेसेनरी स्टोरका प्रोपाईटर मोहन प्रसाद ढकालबाट रू २३ हजार पाँच सय मुल्य बराबरको सामान,जिल्ला खेलकुद विकास समितिद्वारा तीन बोरा चामल र ३ पोका विभिन्न सामाग्री दाल,नुन,स्वाबिन,तेल,सहयोग गरेको गुरुङले बताउनुभयो ।
उक्त ठाँउमा असार १ गते बस्तीमा बाढि पसेको थियो । ६५ घर पुरै डुवानमा परेपछि करिव ३ सय जना विस्थापित हुनुभएको छ । बाढिले घरमा भएको सबै अन्न तथा चौपायाँ सबै बगाएको छ भने घरहरु सबै बािढले पुरिएका छन ।