पोखरा महानगरको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिदै

पोखरा, असार ८ गते । पोखरा महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनीक गदैछ । आर्थिक वर्ष २०७८÷७९ को लागि नीति कार्यक्रम सार्वजनीक गर्ने भएको हो । महानगरले झण्डै ६ अर्वको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको छ । त्यही बजेटलाई खर्च गर्ने र आम्दानीका स्रोतहरुका आधारहरु सहित नीति तथा कार्यक्रम बनाएको छ ।

पोखरा महानगरले पूर्वाधार, स्वास्थ्य, पर्यटन लगायतका विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने छ । आज पोखरा सभागृहमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । हिजो बसेका ५० औ नगर कार्यपालिकाको वैठक बजेट अधिवेशन सुव्यवस्थित संचालन गर्न नगर सभा संचालन कार्यक्रम कार्यतालिका स्वीकृत गरेको छ ।

बैठकले सभामा प्रस्तुत गरिने कार्यक्रमहरु आ.व।.२०७८÷०७९ को समष्टिगत नीति तथा कार्यक्रम, राजश्व नीति तथा करका दरहरु समेतको आर्थिक विध्येयक समेत पारित गरेको छ । नबौं नगर सभामा पेश गर्ने, वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने र अन्तिम स्वीकृतिको लागि नगर सभामा पेश गर्ने निर्णय बैठकले गरेको महानगरका प्रवत्ता धनबहादुर नेपालीले बताउनुभयो ।

 

त्यस्तै नगरसभाको प्रमुख अतिथिका रुपमा गृहमन्त्री खगराज अधिकारीलाई बोलाईएको थियो । तर हिजो सर्वोच्च अदालतले पदमुक्त गरेपछि अधिकारी नआउने भएका छन् । पोखरा महानगरले बजेट भोली बिहिबार सार्वजनीक गर्ने छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सभामा बजेट प्रस्तुत गर्नेछिन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको प्रमुख आथित्यतामा बजेट सार्वजनीक गरिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...