पोखरा, असार ११ गते ।पोखरामा बालिकालाई जबरजस्ती करणी गरी भिडियो बनाउने एक भारतीयलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार प्रदेश पश्चिमी चम्पारणका २७ वर्षिय ईन्द्रजित कुमार शर्मा रहेका छन् ।
हाल उनी पोखरा महानगरपालिका वडा नं ९ शान्तिबनमा बस्दै आएकाथिए । पोखरामा १६ बर्षे बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी डर, धाकधम्की समेत दिई जबरजस्ती करणी गरी गोप्य रुपमा भिडियो बनाउने गरेको प्रहरीले जनाएको छ ।
भिडियो तथा फोटोहरु बालिकाकै नामको नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटो समेत हाल्ने गरेको उजुरीको आधारमा कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरीएका शर्मालाई जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी थपअनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरी सुवास हमालले जानकारी दिए ।