पोखरा महानगरले आइतबार(१३ गते)बाट सबै सेवा सुचारु गर्ने

पोखरा, असार ११ गते । पोखरा महानगरपालिकाले आइतबारदेखि सेवा सुचारु गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको दोश्रो लहर तिव्र रुपमा फैलिएपछि अत्याश्वयक बाहेकका सेवा स्थगित गरेको थियो ।

कोरोेना संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यलय कास्कीले जारी गरेको निषेधाज्ञासंगै महानगरले आत्यावश्क बाहेका सेवा बन्द गरेको छ । झण्डै दुई महिनापछि पोखरा महानगरले सबै सेवा सुचारु गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले शुक्रबार सुचना जारी गदै महानगरपालिका, महाशाखा, शाखा, वडा कार्यालयहरुलाई सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गराउदै सेवा सुचारु गर्न अनुरोध गर्नुभएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले आइतबारबाट सबै सेवा सुचारु गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...