पोखरा, असार १३ गते । पोखरा महानगरपालिकाले आजदेखि सबै सेवा सुचारु गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको दोश्रो लहर तिव्र रुपमा फैलिएपछि अत्याश्वयक बाहेकका सेवा स्थगित गरेको महानगरल आजदेखि सवै सेवा सञ्चालन गरेको छ ।
कोरोेना संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञासंगै महानगरले आत्यावश्क बाहेका सेवा बन्द गरेको थियो । झण्डै दुई महिनापछि पोखरा महानगरले सबै सेवा सुचारु गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले शुक्रबार सुचना जारी गदै महानगरपालिका, महाशाखा, शाखा, वडा कार्यालयहरुलाई सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गराउदै सेवा सुचारु गर्न अनुरोध गर्नुभएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले आइतबारबाट सबै सेवा सुचारु गर्ने निर्णय भएको महानगरले जनाएको छ ।
कोरोना संक्रमण र मृत्यु दरमा कमी आएको जनाउदै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा खुकुलो बनाएको छ ।असार आठ गतेदेखि बजार आशिंक रुपमा खुलेको छ भने नीति सवारी जोरविजोर सञ्चालन गरिएको छ ।