कास्कीमा नवौ पटक थपियो निषेधाज्ञा, अब असार २५ गते रातीसम्म (प्रशासनको आदेश सहित)

खाद्यान्न, तरकारी र फलफुल पसल विहान ५ देखि साँझ ६ बजेसम्म, अन्य पसल ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने

पोखरा, असार १४ गते ।कास्कीमा नवौँ पटक निषेधाज्ञा थप गरिएको छ । असार १५ गतेदेखि २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको आदेशमा उल्लेख छ ।

निषेधाज्ञा थप खुकुलो गरिएको छ । खाद्यान्न, तरकारी, फलफुलका पसल विहान ५ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

डिपामेन्टल स्टोर्स, सपिंग महल, स्टेशनी, पुस्तक पसलल, खेलकुद सामाग्रीको पसल, कपडा जुत्ता फेन्सी, कस्मेटीक, गिफट आइटम, चुनचाँदी पसल, भाँडा पसल, अटोमोवाइल, निर्माण जन्य सामाग्रीका पसलहरु लगायत अन्य सबै पसल व्यवसाय विहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...