गण्डकी, १४ असार :पोखरा महानगरपालिका वडा नं. १६ अर्मलास्थित कुरदेखि पात्लेसम्मको क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन तथा विस्तार गर्ने अभियान थालिएको छ ।परम्परागत खेतीले लागत बढ्ने र उत्पादन कम हुने गरेको वास्तविकतालाई दृष्टिगत गर्दै डिभिजन वन कार्यालय कास्की र स्थानीय समुदायको समन्वयमा सो क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन गर्न लागिएको हो ।
लामो समयदेखि बाँझीएको सो क्षेत्रको पाँच सय रोपनी क्षेत्रफलको निजी जग्गामा अलैंची, कागती, टिमुर, निवुवा, कफि , सुन्तला, पाउलोनिया, आँप, एभोकाडो, किवी, लिचि, तेजपात,अनार, लगायतका एक लाख भन्दा बढी विरुवा रोपिएको छ । कृषि वन कार्याक्रम पकेट क्षेत्र अर्मला डिही अलैंची कृषक समूहका अध्यक्ष लालशोभा गुरुङका अनुसार नेपाल सरकारको बृक्षारोपण १० बर्षे रणनीति अनुसार २०७३ सालमा पाँच हजार अलैंचीका विरुवा रोपेर अभियान शुरु गरिएको हो ।
कुरदेखि, डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको पाँच सय रोपनी जग्गामा प्रत्येक बर्ष बिभिन्न प्रजातिका विरुवा क्रमिकरुपमा रोप्दै आएको उहाँले बताउनुभयो । साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको छ ।डिभिजन वन कार्यालय कास्कीले निशुल्क विरुवा उपलव्ध गराउनुका साथै ढुवानीको समेत व्यवस्था एवम् खाल्टा खन्न समेत आर्थिक सहयोग गर्दै आएपति स्थानीयवासी कृषकहरु आप्mनो जग्गालाई कृषि वनका रुपमा विकास गर्न उत्साहीत भएको समूहका सचिव जितबहादुर बस्नेतले बताउनुभयो ।
“बाँझीएर जङगतमा परिणत भएको निजी जग्गामा लामो समयसम्म आम्दानी लिन सकिने र वातावरणमैत्री कृषि वनको रुपमा विकास गर्ने अभियानमा जुटेका छौं”, उहाँले भन्नुभयो, “शुरुका दिनमा लगाएको अलैंची र टिमुरका बोटले उत्पादन दिन थालेका छन् ।”सो क्षेत्रमा छ बर्षको अवधिमा कूल ३५ हजार अलैंची, १० हजार कफी, एक हजार सात सय टिमुर, दुई हजार ५०० एभोकाडो, किवी एक सय,अम्वा दुई हजार, आँप एक हजार, लप्सी पाच सय, कुरीलो दुई सय र ठूलो परिणाममा राईखनियो,इपिलइपिल, पाउलोनिया लगायतका डालेघांसका विरुवा रोपिएको उहाँले बताउनुभयो ।
वन कार्यालयले खाल्टा खन्नको लागि समूहलाई हालसम्म तीन लाख १५ हजार रुपैया उपलव्ध गराएको सचिव बस्नेतले राससलाई बताउनुभयो । कृषकले रोपिएका विरुवाको संरक्षणका साथै प्रत्येक बर्ष गोडमेल समेत गर्दै आएका छन् ।समुन्द्री सतह एक हजार एकसयदेखि एक हजार तीनसयसम्मको उचाईमा रहेको सो क्षेत्रका कृषकहरु दवदवे हिलोमा खेत रोप्ने बेला बाँझो जग्गामा वृक्षारोपणका लागि झाडी फाडने, खाल्टा खन्ने र बृक्षारोपणमा व्यस्त देखिएका छन् ।