एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, असार २० गते । पछिल्लो २४ घण्टामा थप एक हजार ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८७६ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीनहजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २२५ जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ५५२ जना सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...