पोखरा, असार २० गते । पोखरा महानगरपालिकाद्धारा शारीरिक अशक्त र दृष्टि विहिनलाइ ह्वीलचियर र सेतो छडी वितरण गरेको छ । पोखरा महानगरमा आयोजित कार्यक्रममा २५ वटा ह्वीलचिय र १६० वटा सेतो छडी वितरण गरेको हो । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगर सामाजिक विकास महाशाखा गीता न्यौपानेले आइतबार शारीरिक रुपमा अशक्त र दृष्टि विहिनलाई सेतो छडी वितरण गर्नुभएको हो ।

शारीरिक रुपमा असक्तहरुलाई वडाको सिफारिमा ह्वीलचियर वितरण गरिएको हो । आइतबार उपस्थित नभएकाहरुलाई वडा कार्यालयबाट वितरण गर्ने व्यवस्था गरिएको महाशाखा अधिकृत गीता न्यौपानेले जानकारी दिनुभयो । महानगरभित्र रहेका ब्यक्तिहरुलाई सामग्री वितरण गरिएको हो । त्यस्तै पोखरा महानगरले हालसम्म ११ हजार ३७ जनालाई अपांग परिचयपत्र वितरण गरेको छ । विगतमा महिला विकास कार्यालयबाट वितरण हुदै आएको परिचयपत्र चार वर्षदेखि पोखरा महानगरपालिकाबाट वितरण हुदै आएको छ ।