पोखरा, असार २१ गते ।पोखराको फेवाताल चउमा परिणत भएको छ । शनिबार राती आएको वर्षसंगै फेवाताल जलकुम्भी र झारले ढकमक्क ढाकिएको छ । बेत्यानी, सिंगारे र हर्पन खोलामा आएको बाढिले जलकुम्भी झार बगाएर फेवातालमा ल्याएको छ । झारले फेवाताल घाँसे चउर जस्तो देखिएको छ ।
शनिबारसम्म पानीमात्रै देखिने फेवातालमा आइतबार विहान पुरै हरियो देखिएको थियो । बाढिका कारण फेवातालको पानीको सतह समेत बढेको छ । फेवातालको सिरान चखपुरमा रोपिएको जेठोबुढो धान समेत बाढिले बगाएको छ ।
पोखराको पर्यटकीय आकर्षण फेवातालमा आउने जलकुम्भी झारले कुरुप बन्ने गरेको छ । बर्खा लागेपछि फेवातालमा आउने जलकुम्भी टाउको दुखाई हुने बन्ने गरेको छ । झार फाल्न महानगरले एक करोड बढिको लागतमा मेशिन ल्याएपनि त्यो उपयोगि बन्न सकेको छैन् ।