काँग्रेस नेता कुवँरको निधन

पोखरा, असार २१ गते । नेपाली कांग्रेस कास्कीका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरका निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराईरहेका कुवँरलाई कोरोना निको भएपनि स्वास्थ्यमा सुधार नआउदाँ निधन भनएको बताइएको छ ।

उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ । उहाँको आज निधन भएको हो । स्थानीय तहको निर्वाचन २०७४ मा उहाँ नेपाली काँग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार समेत बन्नुभएको थियो । उहाँको निधनमा नेपाली काँग्रेसका नेता तथा कार्यक्रताले दुःख ब्यक्त गरेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...