मनाङका बाढि पीडितलाई युवा संघको सहयोग

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिले मनाङका बाढिपिडितलाई आवासिय सहयोग गरेको छ । सोमबार मनाङ पुगेर कमिटिका पदाधिकारीहरुले पिडितलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
पुर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले युवा संघ गण्डकी कमिटिले जुटाएको सहयोग प्रशासनलाई हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गर्दै अधिकारीले विपद्मा युवाहरुको भुमिका थप शसक्त गराउन सुझाए । राष्ट्र विकासमा युवाहरु भुमिका अतुलनिय रहेको बताउँदै उनले समाज र राष्ट्रपति सदैव उत्तरदायी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कमिटिले २४५ वटा रंगिन जस्तापाता र १८ वटा घरका लागि आवासिय टेन्ट सहयोग गरेको राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक महेन्द्र गुरुङले जानकारी दिए । यसअघि पनि आवश्यकताका आधारमा विविध सहयोग गरेको उल्लेख गर्दै संयोजक गुरुङले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । अहिले आवासका सन्दर्भमा समस्या भएको गुनासो आएकाले छानोको व्यवस्था गरिएको उनको भनाई छ ।
संयोजक गुरुङले यस सहयोगमा साथ दिने पोखरा कवाडी संघ, हिमाल मुटु नेपाल र स्टोरी अफ नेपाललाई धन्यवाद दिए । करिब ९ लाख बराबरको सामाग्री नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुर्याइएको हो
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...