गण्डकीमा कोरोना संक्रमणबाट सात जनाको मृत्यु

पोखरा, असार २२ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मंगलबार सात जनाको मृत्यु भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनीक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार गण्डकीमा सात जनाको मृत्यु भएको हो । नवलपरासी पूर्वका तीन जना, कास्कीका दुई जना, गोरखा र बाग्लुङका एकरएकजनाको मृत्यु भएको हो ।

नवलपरासी पूर्वको कावासोती नगरपालिका–३ का ८१ वर्षीय पुरुष, देवचुली नगरपालिका–४ की ६८ वर्षीया महिला र मध्यविन्दु नगरपालिका–७ की ६४ वर्षीया महिलाको आइतबार चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । उनका अनुसार ८१ वर्षीय पुरुषमा असार ७ गते, ६८ वर्षीया महिलामा असार १८ गते र ६४ वर्षीया महिलामा असार १७ गते संक्रमण पुष्टि भएको थियो ।

 

कास्कीको पोखरा महानगरपालिका–१४ का ६२ वर्षीय पुरुषको सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनीमा असार १३ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरा महानगरपालिका–१२ की ७० वर्षीया महिलाको मंगलबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो । उनीमा असार २० गते संक्रमण पुष्टि भएको थियो ।

 

यसैगरी गोरखाको सिरानचोक गाउँपालिका–४ का ५८ वर्षीय पुरुषेको सोमबार पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा मृत्यु भएको हो । उनीमाजेठ २५ गते संक्रमण पुष्टि भएको थियो ।यसैगरी बागलुङको बागलुङ नगरपालिका–३ का ६८ वर्षीय पुरक्षको मंगलबार मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा असार १८ गते संक्रमण पुष्टि भउको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...