म्याग्दी, असार २३ गते । म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा बुधवार विहान दुई जनाको मृत्यु भएको छ । मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो ।
तस्विर : सृजना केसी
बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो ।घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको ब्यवस्थापनमा परिचालन भएका छन् ।खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खरहेका अन्य घरहरुमा पनि क्षति पुगेको छ ।