बाढिले फेवातालको पानी धमिलो

पोखरा, असार २३ गते ।पोखराका गहना फेवाताल प्राकृतिक र मानवीय अतिक्रमणको थपेटामा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण फेवातालको पानीले रंग फेरेको छ । स्वच्छ, सफा र निलो देखिने फेवाको पानी यति बेला धमिलिएको छ । फवाको मुहान हर्पन, अधेँरी र बेत्यानी खोलामा आएको बाढिले तालको पानी धमिलो भएको हो ।

बाढिले ढुङगा माटो बगाएर ल्याएपछि ताल धमिलो भएको हो । एक सातादेखि तालले आफनो आकार समेत बदलेको छ । अतिक्रमण गरी तालमा बनाइएका संरचना समेत बाढिका पुरिएका छन् । तालको बास्तविक आधार ग्रहण गरेपछि अझै ठुलो देखिएको छ । बाढिंसंगै तालमा जलकुम्भी झार समेत देखिन थालेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...