पोखरा, असार २५ गते । टिपरको ठक्करले घाईते रीता केसीको उपचारका क्रममा मृत्यु भएको छ । पैदल यात्री केसीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । बिहिबार विहान साढे सात बजे पोखरा वडा नं ५ स्थित गणतन्त्र चोकमा टिपरले पैदल यात्री केसीलाई ठक्कर दिएको थियो ।
ग १ ख ९७०३ नम्बरको टिपरले ठक्कर दिदाँ घाईते भएकी स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ४ घर भई हाल पोखरा वडा नं १७ विरौटा बस्ने वर्ष ४० कि केसीको उपचारका क्रममा आज विहान ६ः३० बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।