कास्कीमा निषेधाज्ञा थप खुकुलो, पसल विहान ५ देखि साँझ ८ बजेसम्म खुल्ला

पोखरा, असार २६ गते । कास्कीमा आजदेखि निषेधाज्ञा थप खुकुलो बनायएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले दश औ पटक थप गरेको निषेधाज्ञा आजदेखि लागु भएको छ । विगतको भन्दा थप खुकुलो बनाइएको छ । सवारी साधन जोरविजोर कायमै रहेको छ भने पसलहरु राती आठ बजेसम्म खुल्न पाउन छन् ।


असार २५ गतेदेखि राती १२ बजेपछि दश दिने निषेधाज्ञा अन्त्य भएपछि साउन ५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको आदेशमा उल्लेख छ ।जिल्ला प्रशासन कार्यालय कास्कीले बिहिबार साँझ नयाँ आदेश जारी गदै साउन ५ गतेसम्म थप गरेको हो । विगतमा विहान ५ देखि साँझ ६ बजेसम्म सञ्चालन हुदै आएका व्यवसाय २६ गतेबाट विहान ५ देखि राती ८ बजेसम्म सञ्चालन गर्न पाइने गरी खुकुलो बनाइएको छ ।

 

सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोराी साँझ, फनपार्क, पार्क, रंगशाला, फुट्सल, खेलकुद स्थल, जिमखाना, फिट्नेश सेन्टर, स्पा, स्वीमिंग पुल, ब्यूटी पार्लर, शैलुन, फुटपाथ पसलहरु लगायतका सेवा एवं स्थलहरु खोल्न र सञ्चालन गर्न नपाइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...