पोखरा, असार २६ गते ।नेकपा एमालेको भातृ संगठन युवा संघले पोखरामा प्रर्दशन गरेको छ । सरकारका पक्षमा पोखरामा प्रर्दशन गरिएको हो । एमाले र प्रधानमन्त्री विरुद्ध घेराबन्दी गरिएको भन्दै सडक प्रर्दशन गरेको हो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रर्दशनमा युवा संघका नेता तथा एमाले कार्यकताहरुको उपस्थिति रहेको थियो ।
काठमाडौमा एमाले वार्ता समितिको निर्देशनपछि आजको प्रर्दशन रोकिएको भएपनि पोखरामा भने प्रर्दशन गरिएको थियो । एमाले र प्रधानमन्त्री विरुद्ध काँग्रेस, माओबादी केन्द्र सहितको गठबन्ध गरेर घेराबन्दीमा पारिएको भन्दै युवा संघ सडकमा उत्रेको हो ।
युवा संघले निर्वाचन हुनुपर्ने र एमाले बाहेकका दलहरुको गठबन्धन राष्ट्रघाती भएको आरोप लगाएको छ । प्रर्दशनकारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको तस्विर सहितका प्लेकार्ड बोकेका थिए । फेर्नुछ चाँडो, देशको मुहार विदेशी दलाल होशियार लेखेको प्लेकार्ड प्रर्दशन गरिएका थिए ।