कास्की अझै कोरोनाको रेड जोनमा, संक्रिय संक्रमित ८ सय बढि

पोखरा, असार २९ गते । कास्की कोरोना भाइरस संक्रमणको रेड जोनमै रहेको छ । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीमा कास्कीमा कोरोना संक्रमितको कूल संख्या २३ हजार ८ सय २१ रहेको छ । कास्कीमा हालसम्म २२ हजार ५ सय ५० जना निको भएका छन् । कास्कीमा मंगलबार विहानसम्म सक्रिय संक्रमितको संख्या ८४४ जना रहेका छन् भने कास्कीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय २७ पुगेको छ ।

संक्रिय संक्रमितको संख्यालाई हेर्दा कास्की अझै रेड जोनमै छ । सरकारले ५०० भन्दा माथि सक्रिय संक्रमित भएको जिल्लालाई रेडजोनमा राख्दै निषेधाज्ञा जारी गर्ने अधिकार समेत स्थानीय प्रशासनलाई दिएको छ । कास्कीमा अघिल्लो सातामा तुलनामा सक्रिय संक्रमितको संख्या निरन्तर बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक देखाउँछ । कास्कीमा लकडाउन खुकुलो बनाइएसंगै घट्दोक्रममा रहेको संक्रिय संक्रमित पछिल्लो केही दिनयता बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...