काठमाडौं । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।संविधानको धारा ७६(५)बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण आजै बेलुकी ६ बजेका लागि तय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा उहाँको सपथ ग्रहण हुने छ ।सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
सपथग्रहणपछि सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाले तयारी गर्नुभएको बताइएको छ । यसैबीच निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सरकारी निवास बालुवाटार छाडने बताइएको छ । बुधबार बिहान ११ बजे उनी बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्न लागेको स्रोतले बतायो ।