पोखरा, असार २९ गते । नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियूको आयोजनामा सर्वोच्च अदालतको फैसलाको विरोधमा आज पनि प्रर्दशन गरेको छ । पोखराको चिप्लेढुंगामा प्रर्दशन गदै सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जवराको पुत्ला दहन गरेको छ । हिजो सर्वोच्चले अदातले प्रतिनिधि सभा विघठन बदर गदै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधामनमन्त्री नियूक्त गर्न परमादेश जारी गरेको थियो ।
अदालतले धारा ७६(५) मा सांसदलाई ह्पि नलाग्ने फैसला समेत सुनाएपछि एमाले नेता कार्यकर्ता रुष्ट बनेका थिए । उनीहरुले सर्वोच्चले निर्दलीय व्यवास्था स्थापित गरेको भन्दै विरोध प्रर्दशन गरेका हुन् ।
पोखराको चिप्लेढुंगाबाट निकालिएको जुलुसमा प्रहरी र प्रर्दशनकारी वीच पुत्ला जलाउने क्रममा प्रहरीले खोस्न खोजेको थियो । युवा र विद्याथीहरुको सहभागीता रहेको जुलुस महेन्द्रपुलमा पुगेर कोण सभामा परिणत भएका थियो ।उनीहरुले प्रधानन्यायाधीस राणका विरुद्धमा नारबाजी समेत गरेको थिए ।