गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रदेशसभा अवरोध गरेपछि बैठक आज पनि स्थगित भएको हो ।

प्रदेश सरकारले ल्याएको बजेट तथा वार्षिक कार्यक्रमहरू न्यायोचित हिसाबले वितरण नगरेको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो । एमाले संसदीय दल गण्डकी प्रदेशले बहु वर्षीय योजनाहरू, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिइएको भन्दै बजेटमा असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । एमालेले १० बुँदे ध्यानाकर्षण पत्रको कुनै पनि सुनुवाइ नभएको एमालेको आरोप छ ।

 

छलफलका लागि टेबुल भएको २०७८/२०७९ को प्रस्तावित बजेट पक्षपातपूर्ण भएकोले तत्काल सच्याउन पर्नेमा एमालेको माग रहेको छ । एमालेले अघिल्लो सरकारले अगाडी सारेका प्रथम पञ्चवर्षीय योजना २०७६–२०८१, अल्पकालीन लक्ष्य, दिगो विकास लक्ष्यलाई वार्षिक विकास कार्यक्रमले अनुसरण नगरेको र बहुबर्षे आयोजनाहरू पूर्वाग्रहका आधारमा रद्द गरिएको, सालबसाली सञ्चालनमा रहेका योजनाहरू अलपत्र पारिएको, निर्माणाधीन सडकहरूलाई अनुसूचीमा राखेर सत्ता पक्षीय सांसदको क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्रमा बुझाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...