एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । एमाले अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीको निर्देशनअनुसार शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता ओलीले बैठक बोलाउनु भएको हो । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा पार्टीका सांसदहरुको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा आफ्नै दलको सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधवकुमार नेपालसहित सो समुहका २३ जना सांसदलाई समेत खबर गरिएको छ । ‘बैठकमा एमालेबाट निर्वाचित सवै सांसदलाई जानकारी गराइ उपस्थित हुन भनिएको छ,’ भट्टराईले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...