पोखराका मेयर जिसीलाई हेलिकोप्टर मार्फत काठमाडौ लगियो

पोखरा, साउन १ गते ।पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।पोखराका मेयर मानबहादुर जिसीलाई काठमाडौं पुर्‍याइएको छ । मनिपाल हस्पिटलबाट सिधै हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।

हेली एभरेष्टमार्फत उहाँलाई काठमाडौं बाँसबारीस्थित न्युरो अस्पताल लगिएको हो ।बिहान ४ बजे अप्ठेरो महसुस गर्नुभएका जिसीलाई तुरुन्तै अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए । झण्डै तीन घण्टापछि हेलिकप्ट जिसीलाई लिएर उडेको थियो ।

 

उहाँका अनुसार उच्च रक्तचापका कारण जिसीको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएको छ । त्यसले देब्रेहरमा समस्या देखिएको तर जिसी बोलचाल गर्न सकिरहेको जानकारी पनि बरालले दिए ।काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा थप उपचार हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...