गण्डकीमा ३ जनाको मृत्यु, ३८१ नयाँ संक्रमित थपिए

पोखरा, असार ३१ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । गण्डकीमा बुधबार मृत्यु सुन्य थियो भने बिहिबार ६ जना र आज ३ जनाको भएको छ ।


मृत्यु हुनेमा नवलपपरासीका १ जना, स्यांजाका एक जना, कास्कीका एक जनासंक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ३८१ नयाँ संक्रमित थपिएका छन । कास्कीका १४६, नवपरासीका ४१, पर्वत ७३, स्यांजाका ३५, बाग्लुगका ३९, लम्जुगका ८ जना, म्याग्दकीका ५ जना, मनांगका २ मा संक्रमण पुष्टि भएको छ ।

 

अहिलेसम्म गण्कडीमा संक्रमितको संख्या ६०९०० पुगेको छ भने निको हुनेको संख्या ५७०६२ रहेको छ। संक्रिय संक्रमितको संख्या २८२१ रहेको छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०१७ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ३६६ जनाले कोरोनालाई जित्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...