पोखरा, साउन ३ गते ।गण्डकी प्रदेशमा आइतबार कोरोना संक्रमति ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार गण्डकीका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका मध्य नवलपरासी पूर्वका २ जना, कास्कीका १ जना, गोखराका १ जना र तनहँका १ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । त्यस्तै गण्डकीमा ३३८ जनामा संक्रमण पुष्टि भएको छ । कास्कीका १६२, स्याजा ५३, गोरखा ३०, नवलपरासी १७, बाग्लुग २५, पर्वत १९, म्याग्दी १३, तनहुँ १५, लमजुग ३ र मुस्तांगका १ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकीमा संक्रमितको संख्या ६१५०६ पुगेको छ । गण्डकीमा कुल परिक्षणको संख्या २५८५११ रहेको छ । हाल गण्डकीमा सक्रमितको संख्या ६१५०६ पुगेकोमा ५७७३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल गण्डकीमा संक्रय संक्रमितको संख्या २७५१ रहेको छ । गण्डकीमा संक्रमणबाट १०२५ जनाको मृत्यु भएको छ । गण्डकीमा आइतबार ३६६ जना कोरोना संक्रमणमुक्त हुनुभएको छ ।