कास्कीमा ११ औ पटक थपियो निषेधाज्ञा, सवारीमा जोरविजोर प्रणाली हट्यो,

होटलको बेड क्षमताको ५० प्रतिशत पाहुना राख्न पाइने, पार्टी प्यालेस तथा होटल सञ्चालन गर्न नपाइने

पोखरा, साउन ३ गते ।कास्कीमा ११ औ पटक निषेधाज्ञा थप गरिएको छ । साउन ५ गते राती १२ बजेदेखि साउन २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको आदेशमा उल्लेख छ । आइतबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिले पछिल्ला दिनहरुमा संक्रमण दर, मृत्युदर आदिमा क्रमिक रुपमा कमी आएको तथ्यांकको विश्लेषणका आधारमा निषेधाज्ञालाई सहज बनाउने नीति अनुसार निषेधाज्ञा थप गरिएको जनाएको छ ।

लामो दुरीका सवारी साधनहरु निश्चित संख्यामा सम्वन्धित यातायाता व्यवसायी संघ संस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन गर्न सक्ने । यसरी सवारी साधन सञ्चालन गर्दा कुल स्वीकृत सीत क्षमता भन्दा बढि यात्रु नराख्ने व्यवस्था मिलाउने, स्वीकृत स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने, चालक सहालक र यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सहचालकले अनिवार्य रुपमा पञ्जा र फेससिल्डको प्रयोग गर्नुपर्ने र अनिवार्य रुपमा दैनिक सवारी साधन निसंक्रमित गराउनुपर्ने र सो बमोजिमको व्यवस्था पालना नभए नभएको अनुगमन सम्वन्धित कातायात व्यवसायी संस्थाले मिलाउनुपर्ने प्रशासनको आदेशमा उल्लेख छ ।

 

त्यस्तै मठ मन्दिर, मस्जिद, गुम्वा,चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्य पुजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने भएको छ । त्यस्तै विश्वविद्यालय, क्याम्पस विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भई सञ्चालन हने पठनपाठन सञ्चालन नगर्ने र अनलाईन रुपमा सञ्चालन हुने भएको छ । यता विश्वविद्यालय, क्याम्पस एवं माध्यमिक विद्यालहरुले पूर्व निर्धारित परीक्षाहरु नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्रको परीक्षा सञ्चालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरु कडाईका साथ पालना गर्ने गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पुरा गरी भौतिक दुरी कायम गरी सञ्चालन गर्न सकिने भएको छ । विहान ब्रतवन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटल सञ्चालन गराउन पाइने छैन भने पूर्व निर्धारित विवाह कार्यक्रम आफनै घर परिसरमा सञ्चालन गर्दा तोकिएको मापदण्ड पालना गर्नुपनै छ भने होटल र पार्टी प्यालेस बाहेक अन्य व्यवसाय विहान ५ देखि राती ८ बजेसम्म सञ्चालन गर्न पाइनेभएको छ ।

होटल र रेष्टुरेन्टले अनलाई डेलिभरी, होम डेलिभरी र टेक अवे सेवा निश्चित मात्रामा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न सकिने छ । होटलमा बास बस्न आउने पाहुनाहरुलाईइ होटलको बेड क्षमताको ५० प्रतिशत सम्म मात्र रहने गरी खान र बस्नको प्रवन्ध मिलाउने सकिने र एकाघरका परिवार बाहेक १ वटा कोठामा एक जना भन्दा बढि ब्यक्तिहरुलाई बस्न दिन नपाइने आदेशमा उल्लेख गरिएको छ भने अन्य जमघटजन्य कार्यक्रम गर्न गराउन पाइने छैन

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...