गण्डकीमा मन्त्रीमण्डल हेरफेर तथा विस्तार छिट्टै:मन्त्री खड्डका

 पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्डकाले छिट्टै मन्त्रीमण्डल हेरफेर तथा विस्तार गरिन लागिएको बताउनु भएको छ । नेपाली काँग्रेस पोखरा–१६ ले मन्त्री खड्डको सम्मान तथा वडा अधिवेशन सम्बन्धी छलफल गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले अब एक दुई दिनमै पूर्णता पाउने बताउनु भएको हो ।

वहाँले हाल आफूले सम्हालै आएको मन्त्रालय समेत परिवर्तन हुने संकेत पनि दिनुभयो । यद्यपि मन्त्री खड्काले गठबन्धनको सरकारमा थप विस्तार तथा हेरफेर हुने मन्त्रालय क–कसको भागमा पर्छ भन्ने कुरा केही खुलाउनु भएन । तर मन्त्रालयको बाँडफाँडमा गठबन्धनका दलहरूबीच सहमति भइसकेको वहाँले खुलासा गर्नु भयो ।

> कार्यक्रममा नेपाली काँग्रेस पोखरा–१६ का इकाई सभापति होमबहादुर बानियाँले मन्त्री खड्कालाई दोसल्ला ओढाई सम्मान तथा वधाई ज्ञापन गर्नुभएको थियो । सोही समारोहमा नेपाल तरुण दल पोखरा १६ को सभापति विक्रम बस्नेतले तरुणहरुको तर्फबाट मन्त्री खड्कालाई सम्मानपत्र सहित बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस पोखरा–१६ का पूर्व इकाई सभापति शिवराज देवकोटा, नेविसंघकी नेतृ सुदिक्षा बानियाँ लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...