खोप सुनिश्चित नभएसम्म पोखरामा खोप कार्यक्रम स्थगित

पोखरा, साउन ४ गते । पोखरा महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । आइतबार पूर्वनिर्धारित खोप कार्यक्रम अचानक स्थगित गरिएको थियो । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यक्रम स्वास्थ्य मन्त्रालयको निर्देशनमा स्थगित गरिएको थियो ।

पोखरा महानगरका १८ देखि ३३ वडामा उक्त खोप लगाउदै गर्दा स्थगित भएको थियो । खोप कार्यक्रम अचानक स्थगित भएपछि बिहानैदेखि लाइनमा बसेका नागरिक आत्र्रmोशित भएपछि केही खोप केन्द्रमा झडपको अवस्था समेत सृजना भएको थियो । जनप्रतिनिधिले खोक के कारणले स्थगित भयो भन्ने बारे जानकारी नदिएपनि अव लगाउदा पहिलो प्राथमिकतामा लगाउने भन्दै सम्झाएपछि अवस्था सहज भएको पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले बताउनुभयो । अचानक स्थगित खोप फेरी लगाउन परिपत्र आएपछि महानगरका जनप्रतिनिधि आक्र्रोशित हुदै खोप तत्काल खोप नलगाउने निर्णय समेत भएको छ ।


खोप लगाउन नागरिकहरु विहानैदेखि लाइनमा बस्नुभ्एको थियो तर अचानक माथिको आदेश भन्दै स्थगित भयो । पोखरा महानगर वडा नम्वर २६ मा ११ र वडा नम्वर २७ मा ९ वटा खोप लगाई सकिएको थियो तर माथिको आदेश भन्दै लगाउदा लगाउदैको खोप स्थगित गरियो पोखरा २६ का वडा अध्यक्ष नारायण बरालले बताउनुभयो । आइतबार अचानक स्थगित खोप कार्यक्रम सोमबारबाट ५० देखि ५४ उमेर समुहका नागरिकलाई लगाउन स्वास्थ्य मन्त्रालयले परिपत्र गरेको छ । तर पोखरा महानगरपालिका १८ देखि ३३ सम्मका जनप्रतिनिधिले पूर्व निर्धारित निर्णय भन्दा अर्को निर्णय अनुसार खोप कार्यक्रम सञ्चालन गर्न नसकिने निर्णय गर्नुभएको छ ।

सोमबार पोखरा महानगरपालिकामा बसेको वडा अध्यक्षहरुको बैठकले ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउन खवर गरेर आइतबार लाइनमा बसेका कारण उनीहरुलाई छाडेर तल्लो उमेर समुहका नागरिकलाई खोप लगाउन नसकिने पोखरा २४ का अध्यक्ष ओम सुवेदीले बताउनुभयो ।

पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको अध्यक्षमा बसेको बैठकले महानगरपालिकाले सञ्चालन हुने कोभिड–१९ विरुद्धको खोप अभियान सम्वन्धमा छलफल गर्दा यसअघि पोखरा महानगरपालिका अन्र्तगतका वडा नम्वर १ देखि १७ गतेसम्म वडाहरुमा ५५ वर्षमाथिको उमेर समुहका नागरिकहरुलाई खोप प्रदान गरिएको र साउन ३ गतेका लागि निर्धारित वडा नम्वर १८ देखि ३३ सम्मका उल्लेखित उमेर समुहका नागरिकहरुलाई खोप प्रदान गर्ने कार्यक्रम स्थगित भएको कुरालाई मध्यनजर गदै आगामी दिनमा खोपको उपलब्धताको आधारमा पहिला सोही उमेर समुहका नागरिकहरुलाई खोप प्रदान गरिसकेपछि मात्रै अन्य उमेर समुहलाई खोप प्रदान गदै जाने निर्णय भएको महानगरका प्रवत्ता धनबहादुर नेपालीले बताउनुभयो ।

 

५४ वर्षमाथि र विगतमा छुटेका ब्यत्तिहरुका लागि खोप सुनिश्चितता नभएसम्मका लागि खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ उहाँले भन्नुभयो । संघीय स्वास्थ्य मन्त्रालयले पोखरालाई थप ३० हजार खोप दिने बताउदै हाललाई ५४ वर्षमुनिका नागरिकलाई खोप लगाउन आग्रह गरेपनि वडा अध्यक्षहरुले थप ३० हजार खोप आएपछिसंगै लगाउने गरी स्थगित गर्ने निर्णय गर्नुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...