पोखरा, साउन ५ गते । मष्तिकघात भई उपचाररत पोखरा महागनरपालिका प्रमुख मानबहादुर जिसीको उपचारमा पोखरा महानगरले दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गत साउन १ गते अकस्मात मष्तिस्कघात भई उपचाररत पोखरा महागनरपालिका प्रमुख मानबहादुर जिसीको सिघ्र स्वास्थ्य लाभको कामना सहित उपचारका लागि दश लाख रुपैयाँ उलब्ध गराउने निर्णय मंगलबार विहान बसेको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
पोखरा महानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जुदेवी गुरुङ्गको अध्यक्षतामा मंगलबार विहान सम्पन्न महानगरपालिकाको कार्यपालिकाको ५१ औं वैठकले उक्त निर्णय गरेको हो ।
पोखरा महानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जुदेवी गुरुङ्गको अध्यक्षतामा मंगलबार विहान सम्पन्न महानगरपालिकाको कार्यपालिकाको ५१ औं वैठकले उक्त निर्णय गरेको हो । न्यूरो अस्पताल काठमाण्डौमा उपचाररत जिसीको स्वास्थ्य उपचारमा आवश्यक आर्थिक सहयोग उपलव्ध गराउने निर्णय गदै तत्कालको उपचार खर्च व्यवस्थापनका लागि रु. १० (दश) लाख प्रकोप व्यवस्थापन कोषबाट खर्च लेख्ने निर्णय भएको महनगरका प्रवत्ता धनबहादुर नेपालीले बताउनुभयो । त्यस्तै बैठकले नगर प्रमुख मानबहादुर जि.सीको स्वास्थ्य अवस्थाको बारेमा दैनिक नियमित सूचना प्रवाह गर्ने जिम्मेवारी महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीलाई दिने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले जि.सीको प्रारम्भिक उपचारमा संलग्न मेडिप्लस अस्पताल र मणिपाल अस्पताल तथा तहां कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिने, स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, संघ संस्था, कर्मचारी, पोखरेली नागरिक एवं शुभेच्छुक महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
बैठकले कोरोना विरुद्धको खोप वडा नं. १८ देखि ३३ सम्मका वडाका नागरिकहरुलाई खोप लगाउने कार्यक्रम स्थगित भएको हूंदा सो कार्य तत्काल सुचारु गर्न पोखरा महानगरपालिकाले आवश्यक पहल गर्ने निर्णय समेत गरेको प्रवत्ता नेपालीले बताउनुभयो ।
बैठकका निर्णय
ड्ड श्रद्वेय नगर प्रमुख श्री मानबहादुर जि.सी. ज्यू को प्रारम्भिक उपचारमा संलग्न मेडिप्लस अस्पताल र मणिपाल अस्पताल तथा तहां कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिने ।
ड्ड नगर प्रमुख श्री मानबहादुर जि.सी. ज्यू को स्वास्थ्य लाभको लागि विभिन्न माध्यम द्वारासिघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण राजनैतिक दल, जनप्रतिनिधि, संघ संस्था, कर्मचारी, पोखरेली नागरिक एवं शुभेच्छुक महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्ने ।
ड्ड नगर प्रमुख श्री मानबहादुर जि.सी. ज्यू मिति २०७८÷०४÷१ गते नगर प्रमुख श्री मानबहादुर जि.सी.ज्यू को स्वास्थ्य लाभको लागि कामना गर्नुहुने महानुभावहरुको लागि सम्पूर्ण वडा कार्यालयहरुमा स्वास्थ्यलाभको पुस्तिका राख्ने ।
ड्ड नगर प्रमुख श्री मानबहादुर जि.सी.ज्यू को स्वास्थ्य अवस्थाको बारेमा दैनिक नियमित सूचना प्रवाह गर्ने जिम्मेवारी महानगरपालिकाका प्रवक्ता श्री धनबहादुर नेपालीलाई दिने ।
ड्ड कोरोना विरुद्धको खोप लगाईएको र वडा नं. १८ देखि ३३ सम्मका वडाका नागरिकहरुलाई खोप लगाउने कार्यक्रम स्थगित भएको हूंदा सो कार्य तत्काल सुचारु गर्न पोखरा महानगरपालिकाले आवश्यक पहल गर्ने ।