गण्डकीमा ७ जनाको मृत्यु, ४३८ थपिए, २६९ संक्रमण मुक्त

पोखरा, साउन ५ गते ।गण्डकी प्रदेशमा मंगलबार कास्कीका चार सहित कोरोना संक्रमति ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार गण्डकीका विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्य चार जना कास्कीका रहेका छन् ।

स्यांजाका १ जना, म्याग्दीका १ जना र लम्जुगका १ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । त्यस्तै गण्डकीमा ४३८ जनामा संक्रमण पुष्टि भएको छ । कास्कीका १९७, स्याजा २९, गोरखा २०, नवलपरासी ७४, बाग्लुग ६१, पर्वत ३, तनहुँ २०, लमजुग २५ र मनांगका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

 

गण्डकीमा संक्रमितको संख्या ६३३६१ पुगेको छ । गण्डकीमा कुल परिक्षणको संख्या २६०८४२ रहेको छ । गण्डकीमा ५८२९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल गण्डकीमा संक्रिय संक्रमितको संख्या ३०३० जना रहेका छन् । गण्डकीमा संक्रमणबाट १०३८ जनाको मृत्यु भएको छ । गण्डकीमा मंगलबार २६९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...