गण्डकीमा मिल्यो मन्त्रालयको विवाद, अर्थ माओबादी र भौतिक काँग्रेसलाई

पोखरा। साउन ८ गते ।झण्डै ढेड महिनापछि गण्डकी प्रदेश सरकार विस्तार हुने भएको छ । मन्त्रालय विवादका कारण काँग्रेस नेतृत्वको सरकारले पूर्णता पाउन सकेको थिएन । गत जेठ २९ गते मुख्यमन्त्रीमा नियूक्त कृष्णचन्द्र नेपाली पोखरेलले चार मन्त्री सहित सपथ लिएका थिए ।मन्त्रालयमा कुरा नमिल्दा विनाविभागीय मन्त्रीका रुपमा काँग्रेसबाट कुमार खड्का, माओबादीबाट मधु माया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुंगले विनाविभागीय मन्त्रीको सपथ लिएका थिए ।

उनीहरुले असार अन्तिम साता जिम्मेवारी प्राप्त गरे । तर आन्र्तरिक मार्मिला र भौतिक पूर्वाधार मन्त्रालयमा माओबादी, जसपा र स्वतन्त्र सांसद सहितको दावीले मन्त्रिपरिषद् विस्तारमा विलम्व भएको थियो । माओबादीलाई आर्थिक मार्मिला मन्त्रालय दिन काँग्रेस तयार भएपछि गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार हुने भएको हो ।

 

सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादीबीच मन्त्रालयको बाँडफाँट टुंगिएको हो । नयाँ समीकरण अनुसार दुवै पार्टीले दाबी गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय कांग्रेसले पाएको छ । त्यसपछिका महत्वपूर्ण मन्त्रालयमा माओवादीले लिएपछि विवाद टुंगिएको हो । भौतिकसहित शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय कांग्रेसले पाएको हो । कांग्रेसले मुख्यमन्त्री सहित ५ मन्त्रालय र माओवादीले ४ वटा मन्त्रालय पाएको छ ।

माओवादीलाई अर्थसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय परेको छ । भौतिकमा सहमति नजुटेपछि लामो समय गण्डकीको मन्त्रीपरिषद् विस्तार अड्किएको थियो । मन्त्रालयको बाँडफाँटसँगै माओवादीले तीनैजना मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाएको छ । संसदीय दलका उपनेता रामजी बरालको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने भएको छ ।

बरालले अर्थ मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । कृषिमा बागलुङका सांसद चन्द्रबहादुर बुढामगर र वन मन्त्रालयको जिम्मेवारी स्याङजाका दीपक चर्तीमगरले पाएका छन् । माओवादीबाट मधुमाया अधिकारी गुरुङ यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । कांग्रेसले खोजेको भौतिक मन्त्रालय पाएपछि यसअघि सामाजिक विकास मन्त्रीको काम गर्दै आएका कुमार खड्का भौतिकमा सर्ने बताइएको छ । त्यसबाहेक ३ वटा मन्त्रालय कांग्रेसले पाउने छ । तर मन्त्रीको नाम अझै टुंगो लागेको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...